Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकहरुको व्याजदर बढ्दो

२०७८ फाल्गुन ८ गते


बैंकिङ खबर/ बैंकको ब्याजदर निरन्तर बढ्दै गएको छ । विगत एक वर्षको तथ्याङकलाई आधार मान्दा ९१ दिने ट्रेजरी बिल, वाणिज्य बैंककहरुको अन्तरबैंक ब्याजदर, कर्जाको भारित औसत ब्याजदर, निक्षेपको भारित औसत ब्याजदर र आधार दर निकै बढेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार एक वर्षको अवधिमा ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर ४८२.७५ प्रतिशतले बढेको छ । गत पुसमा ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर ०.८७ प्रतिशत रहेको थियो । एक वर्षको अवधिमा यो ४८२.७५ प्रतिशतले बढेर ५.०७ प्रतिशतले बढेको छ ।

यस्तै एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको अन्तरबैंक ब्याजदर ३ हजार ३०० प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तमा ०.१४ प्रतिशत रहेको अन्तर बैंक ब्याजदर अहिले ३३०० प्रतिशतले बढेर ४.७६ प्रतिशतमा पुगेको छ ।

यस्तै कर्जाको भारित औसत ब्याजदर ३.८५ प्रतिशतले बढेको र ९.४४ प्रतिशतमा पुगेको छ । गत आवको पुस मसान्तसम्म ९.०९ प्रतिशत रहेको थियो । निक्षेपको भारित औसत ब्याजदर पनि २७.४० प्रतिशते बढेको छ । गत आवको पुस मसान्तमा ५ प्रतिशत रहेको निक्षेपको भारित औसत ब्याजदर चालु आवको पुस मसान्तमा ६.३७ प्रतिशतमा पुगेको छ ।

बैंकहरुको आधार दर (बेसरेट) पनि १७.२७ प्रतिशतले बढेर ८.४२ प्रतिशत रहेको छ । गत आवको पुस मसान्तमा वाणिज्य बैंकको आधारदर ७.१८ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा अनुसार पुस मसान्तसम्म वाणिज्य बैंकहरूको औसत

आधार दर ८.४२ प्रतिशत, निक्षेपको भारित औसत ब्याजदर ६.३७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ९.४४ प्रतिशत रहेको छ । पुस मसान्तसम्म आइपुग्दा तरलता अभावले अल्पकालीन र दीर्घकालीन दुबै ब्याजदरहरु बढेका छन् ।

Ad