February 18th, 2022

अजोड ईन्स्योरेन्सको चौंथो वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर/ अजोड ईन्स्योरेन्स लिमिटेडले आज आफ्नो चौंथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

कम्पनीले चालु आ.व. २०७८/०७९ को पुष मसान्तसम्म बीमा व्यवसाय अभिबृद्धिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरि प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २७ वटा शाखा, २४ वटा उपशाखा कार्यालयहरु, १० बीमा एक्टेन्सन काउण्टर र ३ वटा तेश्रोपक्ष बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ।

थप २ शाखा ठमेल काठमाडौं , टोखा काठमाडौं र १ उपशाखा बाग्लुङ्गमा कार्यालय खोल्न बीमा समितिबाट स्वीकृति प्रदान गरिएको छ। हाल विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस तथा सोको कारणबाट भएको असरले समग्र अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका बावजुद कम्पनीले आ.व. २०७७/०७८ मा कुल बीमा शुल्क रु.१.३१ अर्ब आर्जन गरेको, खुदनाफा रु.१०.२० करोड रहेको र बीमाकोषमा रु. ११.२१ करोड संचित रहेको र अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ४८.९८% खुदनाफामा ६०.३३%, एवं बीमाकोषमा ७९.८२ % ले वृद्धि हासिल गर्न सफल भएको छ ।

आज सम्पन्न भएको कम्पनीको चौंथो वार्षिक साधारण सभाले उल्लेखित विषयका निर्णयहरु पारित गरेको छ।

(क) सामान्य प्रस्तावहरु:
१) संचालक समितिको तर्फवाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०७७/०७८ को चौथो वार्षिक प्रतिवेदन उपर छलफल गरि सो लाई पारित गरियो ।

२) लेखापरीक्षकको प्रतिवेदनसहित कम्पनीको आ.व. २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, आयव्यय हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरुसहितको वित्तीय विवरण उपर छलफल गरि सो लाई पारित गरियो ।

३) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आ.व.२०७८/०७९ को बाह्य लेखापरीक्षण गर्न लेखापरिक्षकमा मदन निरौला एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गरियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]