Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सप्तरीको पर्साहीका मुसहर समुदायमा ‘सबैको लघुवित्त’द्वारा कम्बल प्रदान

२०७८ फाल्गुन ६ गते

बैंकिङ खबर/ तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका वार्ड नं. १, डुम्रेमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको कार्यक्षेत्र भएको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत माघ २९ गते संस्थाको सप्तरी जिल्ला स्थित तोपाबजार शाखाको आयोजनामा सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं. १४ स्थित पर्साही सबैको महिला समूहका स्थानीय मुसहर समुदायका सदस्य, सदस्यका छोराछोरीहरु तथा वृद्धवृद्धाहरुको सहभागितामा एक दिने “वित्तीय साक्षरता कार्यक्रम” सम्पन्न गरेको थियो ।

उक्त कार्यक्रममा आयआर्जन गर्ने तौरतरिका, स्वावलम्वी हुने तरिका, उद्यमी बन्ने तरिका, बचत गर्ने तरिका, कर्जा तथा बचतका फाइदाहरु, कर्जा सदुपयोगिता गर्दा हुने फाईदाहरु, बालबालिकालाई शिक्षादिक्षाको लागि उत्प्रेरणा, वित्तीय सुशासन, सचेतनामूलक जानकारी, सरसफाई आदि बारेमा जानकारी दिइएको थियो । कार्यक्रमका सहभागीहरुले कार्यक्रम ज्ञानमूलक, जानकारीमूलक, ब्यवहारमूलक भएको जानकारी दिएको थिए । उक्त कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिसकुमार सिंह, राजविराज नगरपालिका वडा नं. १४ का वडाध्यक्ष शोभालाल मण्डल, पर्साही विद्यालयका प्रधानाध्यापक राजकुमार मण्डल, स्थानीय समाजसेवी, बुद्धिजिवि तथा भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा संस्थाको शाखा कार्यालय तोपाबजारको कार्यक्षेत्र सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं. १४ मा अवस्थित पर्साही सबैको महिला समूहका स्थानीय मुसहर समुदायका बालबालिकाहरुलाई स्टेशनरी प्रदान गरेको थियो । उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलद्वारा राजविराज नगरपालिका वडा नं. १४ का वडाध्यक्ष शोभालाल मण्डल लगायत अन्य भद्रभलादमीको समुपस्थितिमा स्थानीय मुसहर समुदायका समूह सदस्यहरु, वृद्धवृद्धाहरुलाई ३० थान न्यानो कम्बल वितरण गरेका थिए ।

उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेल, वरिष्ठ प्रवन्धक तथा विभागिय प्रमुख गंगापाल चौधरी, सहायक प्रवन्धक सन्तोषकुमार दत्त, सुपरीवेक्षण अधिकृत प्रेमबहादुर कार्की तथा शाखा कार्यालय तोपाबजारका शाखा प्रवन्धक तथा शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।