
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले पुनरकर्जा सुविधा हटाउने भएको छ । मौद्रिक नीतिको मध्यावधी समीक्षा सार्वजनिक गर्दै पुनरकर्जा सुविधा हटाउने क्रमशः हटाउदै लैजाने निर्णय गरेको हो ।
राष्ट्र बैंकले पुनरकर्जा दरलाई ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत पुर्याएको हो । यस्तै राष्ट्र बैंकले बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरिएको छ । ब्याजदर करिडोरसँग सम्वन्धित स्थायी तरलता सुविधा दर ७ प्रतिशत, नीतिगत रिपो दर ५.५ प्रतिशत र निक्षेप संकलन दर ४ प्रतिशत कायम गरिएको छ ।
विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत कायम राखिएको छ । पुनरकर्जा सुविधालाई अब कोभिडबाट अतिप्रभावित क्षेत्रमा मात्र दिने नीति राष्ट्र बैंकले लिएको छ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले कोभिड प्रभावित क्षेत्रमा मात्र सहुलियत दिन खोजिएको जानकारी दिए ।


