Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा विजयबहादुर शाह

२०७८ फाल्गुन १ गते


बैंकिङ खबर/ निर्जीवन बीमा कम्पनी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सीईओमा विजयबहादुर शाह नियुक्त भएका छन्। शाहले आइतबार गतेदेखि कार्यभार सम्हालेका छन्। नवनियुक्त सीईओ शाहले हिमालयन जनरल इन्स्योरेन्सको सीईओजस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्न पाउँदा एकदमै हर्षित र गौरवान्वित भएको बताए।

यसअघि हिमालयन जनरल इन्स्योरेन्समा २८ वर्षदेखि कम्पनीमा सेवा गर्दै आएका सुशील बज्राचार्यले ६.५ वर्षदेखि सीईओका रुपमा सेवा गरेका थिए। उनको कार्यकालमा कम्पनीले निर्जीवन बीमाका ग्राहकहरुलाई पारदर्शी सेवा प्रदान गरी व्यावसायिक छविलाई बलियो बनाउँदै भविष्यका लागि बलियो आधार खडा गर्न सफल भएको थियो।

हिमालयन जनरल इन्स्योरेन्समा आबद्ध हुनुभन्दा अघि शाह नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा आबद्ध थिए। उनले उक्त कम्पनीमा ४ वर्षसम्म नेतृत्वदायी भूमिका प्रदान गर्दै कम्पनीलाई सकरात्मक छवि दिएका थिए।