Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा कम्पनीका कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिन हुँदै

२०७८ माघ २८ गते


बैंकिङ खबर/ बीमा समितिले बीमा कम्पनीमा कार्यरत कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिन गर्ने भएको छ । नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा जागिर खानेहरुको संख्या ठूलो रहेको भन्दै उजुरी परेपछि उजुरी समेत परेको थियो ।

गत २० माघमा सबै बीमा कम्पनीहरुलाई पत्राचार गर्दै शैक्षिक प्रमाणपत्रको विवरण माग गरिएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले हस्ताक्षर गरेको पत्रमा ७ दिनको समयसीमा नै तोकेर शैक्षिक प्रमाणपत्रको विवरण माग गरिएको हो ।

कम्तिमा २५ प्रतिशत कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली हुनसक्ने अनुमान गरिएको छ । १० वर्ष अघि बीमा समितिले बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको शैक्षिक प्रमाणपत्रका विषयमा चासो राखेको थियो । त्यसयता कुनै पनि छानबिन तथा प्रमाण पत्र हेर्न समेत काम समितिले गरेको छैन ।