Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ग्रिनलाइनका अग्रवाल दाजुभाईले बैंकरलाई भेट्दै

२०७८ माघ २७ गते

बैंकिङ खबर/ काठमाडौंबाट सम्पर्कविहीन बनेका अभिषेक अग्रवाल र अमित अग्रवाल बैंकहरुको सम्पर्कमा आएका छन् । बुधबार साँझ फोन सम्पर्कमा आएका उनीहरु बिहीबार प्रशासनिक काम सकेर बैंक ब्यवस्थापनलाई भेट्दै छन् ।

ऋणी दिएका बैंकका प्रतिनिधिहरुले अग्रवाल दाजु भाइले बिहीबार भेट्न खोजेको बताएका छन् । अग्रवाल दाजुभाइ बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सुरक्षाका लागि पुगेका थिए । त्यसपछि जिल्ला अदालतमा रहेको लेनदेनसम्बन्धि मुद्दाको सुनुवाइमा सहभागी भएका छन् ।
बैंकरले नेपाल आएको थाहापाएपछि अग्रवाल दाजुभाइलाई पच्छ्याएका थिए । बैंकरले तारन्तार खोजेपछि अग्रवाल दाजुभाइले केहीलाई आँफैले बिहीबार आउने बताएका हुन् भने केहीलाई आफ्ना सहयोगीमार्फत जबाफ दिएका हुन् ।

अग्रवाल दाजुभाइ सम्पर्कमा आएपछि बैंकहरु ऋण उठ्नेमा केही आशावादी देखिएका छन्।
अग्रवाल दाजुभाइलाई विभिन्न चार बैंकले ऋण दिएका छन् । त्यसमध्ये एभरेष्ट बैंकको अहिलेकै धितोबाट ऋण तिर्न पुग्छ भने बाँकी बैंकको धितोबाट मात्र ऋण उठ्ने अवस्था छैन ।

उनीहरुको ब्यापारमा एभरेष्टको करिब २२ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको करिब ३२ करोड, ग्लोबल आइएमइ बैंकको करिब १८ करोड र मेगा बैंकको करिब २५ करोड ऋण लगानी छ । मदिरा स्टक भएको गोदाममा एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट बैंकले सिलबन्दी गरेका छन् ।

Ad