
बैंकिङ खबर/ काठमाडौंबाट सम्पर्कविहीन बनेका अग्रवाल परिवार सम्पर्कमा आएका छन् । आफू नेपाल फर्किन लागेको र आइसकेपछि सबैसँगको कारोबार मिलाउने भारतबाट अमित अग्रवालले बताएका छन् । उनले आफू परिवारसहित बिहीबारसम्ममा नेपाल आइपुग्ने बताएका छन् ।
नौजनाको परिवारसहित सम्पर्कविहीन भएको अग्रवाल परिवारको खोजीमा प्रहरी निरन्तर लागेको थियो । अमितले सोमबार काठमाडौंमा रहेकी आफ्नी बहिनीलाई फोन सम्पर्क गरेर आउन लागेको जानकारी गराएपछि प्रहरीमा दर्ता गरेको निवेदन पनि बहिनीले फिर्ता लिएकी छन् ।
पुस २२ गते घरमा एक पत्र छाडेर नौजनाको परिवारसहित अग्रवालको परिवार सम्पर्कविहीन भएको थियो । ओम अग्रवाल, उषा अग्रवाल, अमित, रुचिका, अभिषेक अग्रवाल, आरती अग्रवाल, नन्दनी, पार्थ र कनव अग्रवाल सम्पर्कविहीन भएका थिए ।