Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

धितोपत्र दर्ता तथा तथा निष्कासन (पाँचौ संशोधन) नियमावली २०७८ स्वीकृत

२०७८ माघ २६ गते


बैंकिङ खबर/ सरकारले धितोपत्र दर्ता तथा तथा निष्कासन (पाँचौ संशोधन) नियमावली २०७८ स्वीकृत गरेको छ। नेपाल धितोपत्र बोर्डका अनुसार सोमबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त नियमावली संशोधन गर्ने निर्णय गरेको हो ।

यसअघि भने धितोपत्र बोर्ड ऐन बाहेकका सबै कानुन सम्वन्धि विषयको संशोधन अर्थ मन्त्रालयलले गर्ने गरेको थियो। अर्थ मन्त्रालयका सचिव वा मन्त्री स्तरिय निर्णयबाट कानुन संशोधन हुने गरेका थिए। यस अघि उक्त नियमावली चार पटक संशोधन भइसकेको थियो।

तर पछिल्लो पटक नेपाल सरकारले गर्नु पर्ने निर्णय सचिव वा मन्त्री स्तरिय निर्णय मान्य नहुने भन्ने व्याख्या सर्वोच्च अदालतले गरेपछि धितोपत्र बोर्डका कानुन पनि सरकारले नै संशोधन गर्न थालेको हो।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले धितोपत्र दर्ता तथा तथा निष्कासन नियमावली,२०७३ को पाँचौ संशोधन गर्ने निर्णय गरेको छ। जस अनुसार उक्त नियमावलीमा वातावरणीय प्रभावको बिषय थप गरिएको छ। सूचिकृत वा दर्ता भएका कम्पनीले यस अघि वातावरणीय प्रभावको बिषय खुलाउनु पर्दैन थियो।

तर अव धितोपत्र निष्काशन गर्ने कम्पनी अथवा यस अघि दर्ता भएका कम्पनीले उक्त बिषय अनिवार्य खुलाउनु पर्ने विषय संशोधनमा थप गरिएको धितोपत्र बोर्डले जनाएको छ

Ad