
बैंकिङ खबर/ बुलेट बसको टिकट ‘प्रभु पे’ मार्फत काट्न सकिने भएको छ । बुलेट बस प्रा.लि.ले ‘प्रभु पे’ सँगको सहकार्यमा अनलाइन टिकटको व्यवस्था गरेको हो ।
यसका लागि तपाईले ‘प्रभु पे’ आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्नेछ । बुलेट बस प्रालिका सञ्चालक सरोज न्यौपानेका अनुसार हाल काठमाडौं धरान, काठमाडौं काँकारभिट्टा, काठमाडौं विर्तामोर्डमा बुलेट एसी बस सञ्चालन हुँदै आएको छ । उनले टिकट काट्न प्रुभ एपबाट सहज हुने बताए ।
बुलेट बसले विभिन्न चाडपर्वहरुमा अफरहरु समेत ल्याउने गरेको छ । भाइकिङ्ग बस भएका कारण यस बुलेट एसी बसको सिट क्षमता ३९ रहेको छ । यसका सवार यात्रुका लागि कम्पनिले प्राथमिक स्वास्थ्य उपचारका लागि प्रयोग गरिने स्वास्थ्य किट उपलब्ध गराउने छ ।
कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सामाग्री किटमा समावेश गरिएको हुन्छ । किट उपलब्ध गराए वापत यात्रुले छुट्टै रकम बुझाउनु पर्ने छैन ।
किटमा पानी, ग्लोब्स, मास्क र केहि रुघाखोकी लाग्दा सेवन गर्ने औषधीहरु समावेश गरिने छ । सरोज न्यौपाने र उमेश खड्का लगायतले यो बुलेट बस प्रा.लि.मार्फत सातवटा बस सञ्चालनमा ल्याएका हुन् । १० करोड ५० लाखको लागतमा सञ्चालनमा ल्याइएको बुलेट बसमा हवाई जहाजको जतिकै सुबिधा रहेको दाबी गरिएको छ ।