Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘अन्य’ शिर्षकको कर्जा अनुत्पादक क्षेत्रमा गएको सिविफिनको निष्कर्ष

admin २०७८ माघ २३ गते
सेयर:


बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाको लगानीकर्ताहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ(सिविफिन)ले शिर्षक नखुलेको कर्जा घरजग्गा र सेयर बजारजस्तो अनुत्पादक क्षेत्रमा गएको निष्कर्ष निकालेका छन् ।

तरलता अभाव सम्बन्धी अध्ययन प्रतिवेदनले उपभोग्य कर्जा अन्तर्गतको अन्य शिर्षकको कर्जा अत्याधिक बढी भएको अनुत्पादक क्षेत्रमा गएको निचोड निकालेको हो । १० खर्ब ५५ अर्ब शिर्षक नखुलेको कर्जा गएको छ ।

कुल कर्जामा शिर्षक नखुलेको कर्जाको हिस्सा २३ प्रतिशत छ । चालु आर्थिक वर्षमा शिर्षक नखुलेको कर्जाको बृद्धिदर अत्याधिक बढी छ ।

सिविफिनको अध्ययन प्रतिवेदनमा भनिएको छ ‘घरजग्गा सेयर बजारजस्ता सट्टेबाजी प्रकृतिको क्षेत्रमा हुने कर्जा लगानीले आर्थिक क्षेत्रलाई चलायमान बनाउन र तरल सम्पत्ति कायम गर्न सहयोग पुर्याएको देखिएन ।’

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।