Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

भुक्तानी प्रणाली सञ्चालक र प्रदायकहरुमाथि राष्ट्र बैंकको विशेष निगरानी

२०७८ माघ २३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक तथा प्रदायक माथि विशेष निगरानी गर्न थालेको छ । गैरकानुनी रुपमा क्रिप्टो करेन्सीको कारोबार बढेको भन्दै अवैधानिक बाटोबाट हुने विदेशी मुद्राको कारोबार निरुत्साहित गर्नका केन्द्रीय बैंकले यस्ता कम्पनीहरु माथिको निगरानी बढाएको हो ।

पछिल्लो समयमा रेमिट्यान्समा आएको कमी तथा विदेशी विनिमय सञ्चितिमा गिरावट आएपछि नेपाल राष्ट्र बैंकले गैरकानुनी रुपमा हुने विदेशी मुद्राको कारोबार नियन्त्रण गर्ने नीति लियो । सो नीति अनुसार क्रिप्टो करेन्सीको कारोबार गैरकानुनी भएपनि त्यसका संलग्न व्यक्तिहरु पक्राउ पर्ने क्रम पनि बढेको छ ।

क्रिप्टो कारोबार मार्फत विदेशी मुद्राको अवैधानिक कारोबार बढेको भन्दै नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवा सञ्चालक तथा प्रदायकहरुको कारोबारलाई विशेष निगरानीमा राखेर अध्ययन थालिएको हो ।

हाल नेपालमा नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाका अलवा २८ भुक्तानी सेवा प्रदायक (पेमेन्ट सर्भिस प्रोभाइडर) र १० भुक्तानी प्रणाली सञ्चालक ( पेमेन्ट सर्भिस अपरेटर) गैर वित्तीय संस्थाले इजाजत लिएका छन् ।

Ad