
बैंकिङ खबर/ वाणिज्य बैंकहरुको औसत लाभांश दर बढेको छ । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ का लागि सेयरधनीहरुलाई वितरण गरेको लाभांश दर बढेको हो ।
आर्थिक वर्ष २०७७/७८ मा औसत लाभांश दर अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा १०.१४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष २७ वटा वाणिज्य बैंकहरुको कुल औसत लाभांश (बोनस र नगद) १३.६१ प्रतिशत देखिएको छ । जब कि यो वर्ष बढेर कुल औसत लाभांश १४.९९ प्रतिशत पुगेको छ ।
कुनको कति ?
कुमारी बैंक लिमिटेड
कुमारी बैंक लिमिटेडले ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गरेको छ । जुन अघिल्लो वर्ष यो बैंकले १०.९ प्रतिशत बोनस र ३.१५ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
एनआईसी एसिया बैंक
गत आर्थिक वर्षका लागि एनआईसी एसिया बैंकले प्रस्ताव गरेको लाभांश भने राष्ट्र बैंकले बैंकको क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नदेखिएको जनाउँदै अस्वीकृत गरेको छ ।
बैंकले १५ प्रतिशत बोनस र ०.७८९४७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । अघिल्लो वर्ष एनआईसी एसिया बैंकले १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश बाँडेको थियो । गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश अधिकांश वाणिज्य बैंकहरुले आआफ्नो वार्षिक साधारणसभा अनुमोदन गरिसकेका छन् ।
कृषि विकास बैंक
कृषि विकास बैंकले लिमिटेडले २० प्रतिशत बोनस र १.०५३ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेको छ । जुन अघिल्लो वर्ष यो बैंकले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
नबिल बैंक
गत आर्थिक वर्षका लागि नबिल बैंकले सर्वाधिक ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगद गरी कुल ३८ प्रतिशत लाभांश दिएको छ । अघिल्लो वर्ष यो बैंकले ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद गरी कुल ३५.२६ प्रतिशत लाभांश बाँडेको थियो ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले ३० प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कुल ३३ प्रतिशत लाभांश वितरण गरेको छ । अघिल्लो वर्ष यो बैंकले २ प्रतिशत बोनस र २.५ प्रतिशत नगद गरी कुल ४.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
हिमालयन बैंक
गत आर्थिक वर्षका लागि तेस्रो धेरै लाभांश दिनेमा हिमालयन बैंक रहेको छ । यो बैंकले गत वर्षका लागि २१.४ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । तर नेपाल इन्भेस्टमेन्ट बैंकको मर्जर भाँडिएसँगै लाभांश वितरण रोकिएको छ । अघिल्लो वर्ष हिमालयन बैंकले १४ प्रतिशत बोसन र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश बाँडेको थियो ।
एनएमबी बैंक लिमिटेड
एनएमबी बैंक लिमिटेडले १२.५ प्रतिशत बोनस र ३.३ प्रतिशत नगद गरी कुल १५.८ प्रतिशत लाभांश वितरण गरेको छ ।
जुन अघिल्लो वर्ष यो बैंकले १३ प्रतिशत बोनस र ३.२ प्रतिशत नगद गरी कुल १६.२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंक लिमिटेडले १४.३ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको छ । जुन अघिल्लो वर्ष यो बैंकले १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
नेपाल बैंक लिमिटेड
नेपाल बैंक लिमिटेडले १४ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गरेको छ । जुन अघिल्लो वर्ष यो बैंकले १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले १२.६ प्रतिशत बोनस र ३.३८९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गरेको छ । जुन अघिल्लो वर्ष यो बैंकले १३ प्रतिशत बोनस र ५.५ प्रतिशत नगद गरी कुल १८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
स्टाण्डर्ड चार्टर्ड बैंक
स्टाण्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनस र ३.०६प्रतिशत नगद गरी कुल १३.०६ प्रतिशत लाभांश वितरण गरेको छ । जुन अघिल्लो वर्ष यो बैंकले ७ प्रतिशत बोनस र ४.८४ प्रतिशत नगद गरी कुल ११.८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
नेपाल एसविआई बैंक
नेपाल एसविआई बैंकले लिमिटेडले ३.५ प्रतिशत बोनस र १.८१ प्रतिशत नगद गरी कुल ५.३१प्रतिशत लाभांश वितरण गरेको छ । जुन अघिल्लो वर्ष यो बैंकले ६ प्रतिशत बोनस र ३.४७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
नेपाल बङ्गलादेश बैंक
नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत बोनस र ३ं.५ प्रतिशत नगद गरी कुल १५.५ प्रतिशत लाभांश वितरण गरेको छ ।जुन अघिल्लो वर्ष यो बैंकले ६ प्रतिशत बोनस र २.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
एभरेष्ट बैंक लिमिटेड
एभरेष्ट बैङ्क लिमिटेडले ६ प्रतिशत बोनस र ४.३२ प्रतिशत नगद गरी कुल १०.३२ प्रतिशत लाभांश वितरण गरेको छ ।
जुन अघिल्लो वर्ष यो बैंकले ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
लक्ष्मी बैंक लिमिटेड
लक्ष्मी बैंक लिमिटेडले ८ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद गरी कुल ११.५ प्रतिशत लाभांश वितरण गरेको छ । जुन अघिल्लो वर्ष यो बैंकले ९ प्रतिशत बोनस र २.५ प्रतिशत नगद गरी कुल ११.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १२.९ प्रतिशत बोनस र ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गरेको छ । जुन अघिल्लो वर्ष यो बैंकले ८ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।
प्राइम कमर्सियल बैंक लिमिटेड
प्राइम कमर्सियल बैंक लिमिटेडले १६ प्रतिशत बोनस र ०.६३१ प्रतिशत नगद गरी कुल १६.६३ प्रतिशत लाभांश वितरण गरेको छ । जुन अघिल्लो वर्ष यो बैंकले १५ प्रतिशत बोनस र ० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सनराइज बैंक लिमिटेड
सनराइज बैंक लिमिटेडले ६.६५ प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश वितरण गरेको छ ।
जुन अघिल्लो वर्ष यो बैंकले ५.८ प्रतिशत बोनस र २.४८ प्रतिशत नगद गरी कुल ८.२८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सेन्चुरी कमर्सियल बैंक लिमिटेड
सेन्चुरी कमर्सियल बैंक लिमिटेडले ५.७५ प्रतिशत बोनस र ०.३ प्रतिशत नगद गरी कुल ६.०५ प्रतिशत लाभांश वितरण गरेको छ । जुन अघिल्लो वर्ष यो बैंकले ५.२५ प्रतिशत बोनस र २.२५ प्रतिशत नगद गरी कुल ७.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
माछापुच्छ्रे बैंक लिमिटेड
माछापुच्छ्रे बैंक लिमिटेडले १३.३ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गरेको छ ।
जुन अघिल्लो वर्ष यो बैंकले ७.०३ प्रतिशत बोनस र ३.३७ प्रतिशत नगद गरी कुल १०.४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
ग्लोबल आइएमई बैंक लिमिटेड
ग्लोबल आइएमई बैंक लिमिटेडले १० प्रतिशत बोनस र ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गरेको छ । जुन अघिल्लो वर्ष यो बैंकले १४ प्रतिशत बोनस र २ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
प्रभु बैंक लिमिटेड
प्रभु बैंक लिमिटेडले १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गरेको छ । जुन अघिल्लो वर्ष यो बैंकले १० प्रतिशत बोनस र ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
बैंक अफ काठमाडौँ लिमिटेड
बैंक अफ काठमाडौँ लिमिटेडले १० प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गरेको छ ।
जुन अघिल्लो वर्ष यो बैंकले १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सिभिल बैंक लिमिटेड
सिभिल बैंक लिमिटेडले ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गरेको छ । जुन अघिल्लो वर्ष यो बैंकले ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
मेगा बैंक लिमिटेड
मेगा बैंक लिमिटेडले १० प्रतिशत बोनस र २.०७ प्रतिशत नगद गरी कुल १२.०७ प्रतिशत लाभांश वितरण गरेको छ । जुन अघिल्लो वर्ष यो बैंकले १० प्रतिशत बोनस र ३.०५ प्रतिशत नगद गरी कुल १३.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड
नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडले ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गरेको छ । जुन अघिल्लो वर्ष यो बैंकले १०.३ प्रतिशत बोनस र ०.५४१ प्रतिशत नगद गरी कुल १०.८१ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सानिमा बैंक लिमिटेड
सानिमा बैंक लिमिटेडले १७ प्रतिशत बोनस र ०.८९५ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गरेको छ ।
जुन अघिल्लो वर्ष यो बैंकले १० प्रतिशत बोनस र ३.६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश वितरण गरेको थियो ।