Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष घिमिरे नियुक्त

२०७८ माघ २० गते


बैंकिङ खबर/ गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्तोष घिमिरे नियुक्त भएका छन् । उनी एक वर्षदेखि फाइनान्सको महाप्रवन्धक रहेर काम गरेका थिए ।

सञ्चालक समितिको मंगलबार बसेको बैठकले उनलाई सिइओ नियुक्त गरेको हो । नियुक्त भएका घिमिरेले बिहीबारबाटै जिम्मेवारी सम्हालेका छन् ।

घिमिरेले ३ दशकसम्म नेपाल राष्ट्र बैंकमा रहेर काम गरिसकेका छन् । बैंकिङ क्षेत्रमा लामो अनुभव संगालेका घिमिरेको नेतृत्वमा फाइनान्सको वित्तीय अवस्था अझै सुधार हुने विश्वास गरिएको छ ।

फाइनान्सको सञ्चालक समितिले घिमिरेलाई ४ वर्षे कार्यकालका लागि सिइओ नियुक्त गरेको हो । यस अगाडिका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङले व्यक्तिगत कारण देखाउँदै फाइनान्सबाट राजीनामा दिएका छन् ।

Ad