Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्राइम लाइफ इन्स्योरेन्सलाई कारबाही

२०७८ माघ १६ गते

बैंकिङ खबर/ बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्सलाई कारबाही गरेको छ । समितिले सुशासन सम्बन्धी निर्देशिका २०७५ र वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशिका उल्लघंन गरेकोले कारबाही गरेको हो ।

समितिले कम्पनीको स्थलगत निरीक्षण गर्दा कम्पनीको सुशासन सम्वन्धि निर्देशिका २०७५ को दफा १२ उल्लघंन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीको, बीमितको हकहित विपरित नक्कली बीमालेख जारी गरी गरेको र व्यवस्थित रुपले म्यादी बीमा नगराएको जनाएको छ ।

कम्पनीले सुशासन सम्बन्धी निर्देशिका २०७५ र बैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशिका उल्लघंन गरेको भन्दै बीमा ऐन २०४९ को दफा ३६ को उप दफा (१) बमोजिम १० हजार रुपैयाँ जरिवना गर्ने निर्णय गरेका छ ।

समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिका उल्लघंन गरेको भन्दै समितिले शुक्रबार नेपाल लाइफलाई पनि कारबाही गरेको थियो ।