Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल लाइफले व्यतित बीमा लेख नविकरणमा ब्याज छुट दिने

२०७८ माघ १० गते


बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकको हितलाई मध्यनजर गर्दै व्यतित बीमा लेख पुनर्जागरण गर्दा ब्याज छुट दिएको छ । कम्पनीले विभिन्न कारणले बीमा लेख नविकरणबाट छुटेका आफ्ना बीमितहरुलाई नविकरणमा ब्याज छुटको व्यवस्था गरेको हो ।

२०७६ मंसिर १९ गते भन्दा अगाडि व्यतित भएका बीमा लेखको हकमा सो व्यवस्था गरेको हो । जसअनुसार २०७६ मंसिर १९ गतेभन्दा अगाडि व्यतित भएका बीमा लेख नविकरण गर्दा ३५ प्रतिशत वा रु. ३०,०००  सम्म (जुन कम हुन्छ) छुट दिनेछ । तर एक पटक छुटको सुविधा लिइसकेका ग्राहकको हकमा भने यो छुट योजना लागु हुने छैन ।

यो छुट योजना २०७८ माघ मसान्तसम्म लागु हुने हुनाले समयमै छुट सुविधाको लाभ लिई आफ्नो बीमा लेखलाई पुनर्जागरण गर्न कम्पनीले आग्रह गरेको छ । ‘समयमै आफ्नो बीमा लेख नविकरण गरी जोखिम बहनलाई निरन्तरता दिन आग्रह गर्दछौं’ कम्पनीले विज्ञप्तिमा भनेकाे छ ।