Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा क्षेत्रमा पनि भयावह बन्दै कोरोना संक्रमण

२०७८ माघ ९ गते


बैंकिङ खबर/ पछिल्लो समय बैंक वित्तका कर्मचारीमा कोरोना संक्रमण फैलिएको छ । नेपाल राष्ट्र बैंक लगायतका वाणिज्य बैंकहरु तथा विकास बैंकहरुमा पनि कोरोना संक्रमण फैलिएको छ । जसका कारण केहि शाखा बन्द गरिएको छ ।
यस्तै कोरोना महामारीको प्रभाव बीमा क्षेत्रमा पनि देखिएको छ । बीमा क्षेत्रका कर्मचारीमा पनि कोरोना संक्रमण देखिन थालेको छ । जसका कारण सेवा प्रभावि भएको छ । शनिबार मात्रै देशैभरि १० हजार भन्दा बढि जनामा कोरोनाा संक्रमण पुष्टि भएको हो । सो संख्यामा थुप्रै बीमाकर्मीहरु समेत रहेका छन् ।

सार्वजनिक सेवा प्रदान गर्ने क्षेत्र भएकोले बीमा कम्पनीहरुले बिरामी कर्मचारीहरुलाई समेत कार्यालयमा पठाएर काम गराउनुपर्ने अवस्था आएको बताएका छन् ।

अधिकांश कर्मचारीहरु बिरामी हुँदा अत्यावश्यक काममा खटाउन समेत अप्ठेरो पर्ने अवस्था आएको बीमा कम्पनीहरुको भनाई छ । तर पनि सबै बीमा कम्पनीहरुले नियमित रुपमा सबै शाखाहरु सञ्चालन गरेर सेवा प्रवाह गरिरहेका छन् ।

नियामक निकाय बीमा समितिमा दर्जनभन्दा बढि कर्मचारीहरु कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने बीमा कम्पनीका सयौं कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमणका कारण कार्यालय आउन सकेका छैनन् ।

गत वर्ष ३० जना भन्दा बढि बीमा कर्मचारी, बीमा अभिकर्ता तथा सर्भेयर गुमाएको नेपाली बीमा क्षे त्रले यस पटक त्यस्तो अप्रिय अवस्थाको सामना गर्नु नपरेपनि सिंगो बीमा क्षेत्रका सयौं बीमाकर्मीहरु संक्रमित हुँदा सेवा प्रवाहमा समस्या परिरहेको छ ।

नियामक निकाय बीमा समितिले सबै बीमा कम्पनीहरुलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम गर्नन निर्देशन दिइसकेको छ । बीमा समितिले सबै बीमा कम्पनीका प्रमुखहरुलाई जोखिमको अवस्था विश्लेषण गरी काममा लगाउन भनेको छ ।

कोरोना भाइरसबाट जीवन बीमा कम्पनी सबैभन्दा बढि प्रभावित भएको छ । जीववन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु, हजारौं बीमा अभिकर्ताहरु संक्रमित हुँदा जीवन बीमा व्यवसाय समेत प्रभावित भएको छ ।