Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

छिमेक लघुवित्तका नवनियुक्त अध्यक्ष जोशीद्वारा शपथ ग्रहण

२०७८ माघ ७ गते


बैंकिङ खबर/ छिमेक लघुवित्त वित्तीय संस्थाका नव नियुक्त अध्यक्ष रामचन्द्र जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले अध्यक्ष जोशीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

लघुवित्तको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा रामचन्द्र जोशीलाई सर्वसम्मत चयन गरेको हो । निवर्तमान अध्यक्ष ऋषिराज जोशीको पदावधि पुस २३ गते समाप्त भएको थियो । शपथ ग्रहणका क्रममा वित्तीय संस्थाका कम्पनी सचिव दिलिप कुमार श्रेष्ठ र वरिष्ठ विभागिय प्रमुख दिपक पाण्डे लगायत समेत उपस्थित थिए ।

Ad