January 20th, 2022

छिमेक लघुवित्तको अध्यक्षमा रामचन्द्र जोशी


बैंकिङ खबर/छिमेक लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा रामचन्द्र जोशी चयन भएका छन् । कम्पनीको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा रामचन्द्र जोशीलाई सर्वसम्मत चयन गरेको नेप्से मार्फत जानकारी गराएको हो ।

कम्पनीका निवर्तमान अध्यक्ष ऋषिराज जोशीको पदावधि पुस २३ गते समाप्त भएसँगै कम्पनीको अध्यक्षमा सञ्चालक रामचन्द्र जोशीलाई चयन गरिएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]