January 19th, 2022

नेपाल लाइफको ‘जीवन सारथी जीवन बीमा’ योजनामा एउटै पोलिसीले दम्पतिकै बीमा हुने

 

बैंकिङ खबर/ उपभोक्तालाई बीमा सुविधाका माध्यमबाट निश्चिन्तता प्रदान गर्दै बीमाप्रति थप आकर्षण बढाउने सोचका नयाँ तथा आकर्षक बीमा योजना सार्वजनिक गरिरहेको नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कं.लि.को जीवन सारथी बीमा योजनाले एउटै पोलिसी मार्फत दम्पतीको संयुक्त जीवन बीमा गर्न सकिने भएको छ।

यस योजनाको सुन्दर पक्ष भन्नु नै श्रीमान, श्रीमती दुवैको संयुक्त नाममा एउटै बीमा पोलिसीभित्र दुवैको जीवन बीमा हुन सक्नु भएको बम्पनीले जनाएको छ । यस जीवन बीमा योजनाले दम्पतीको जोखिम बहन गर्ने हुनाले परिवारको भविष्य सुनिश्चित हुनेमा कम्पनीको विश्वास छ । विशेषतः शिक्षित तथा आय आर्जनमा संलग्न विवाहित दाम्पत्य जीवनलाई ध्यानमा राखी जीवन सारथी बीमा योजना तर्जुमा गरिएको कम्पनीले जानकारी दिएको छ ।

जीवन सारथी बीमा योजनाका विशेषताहरू
यस योजनामा संलग्न हुन चाहने दम्पतीले न्यूनतम बीमाङ्क रकम रू. ५ हजार देखि आयश्रोतका आधारमा अधिकतम बीमाङ्क रकम छनोट गर्न सक्छन् । नेपाल लाइफ इन्स्योरेन्सको यस बीमा योजनामा संलग्न हुनका लागि इच्छुकको न्यूनतम उमेर १८ वर्षको हुनुपर्नेछ । त्यसैगरी अधिकतम प्रवेश उमेर भने ५० वर्ष निर्धारण गरिएको छ । जीवन सारथी बीमा योजनाको न्यूनतम बीमा अवधि १५ वर्ष र अधिकतम बीमा अवधि ३० वर्ष निर्धारण गरिएको छ । त्यसैगरी, कम्पनीका अनुसार अधिकतम बीमा समाप्ति उमेर भने ६५ वर्ष तोकिएको छ ।

बीमा शुल्क भुक्तानी तरिकामा छुट तथा थपको ब्यवस्थाः
नेपाल लाइफ इन्स्योरेन्सले बीमा शुल्क भुक्तानीको तरिकाका आधारमा छुट तथा थपको ब्यवस्था पनि गरेको छ । यस अन्तर्गत, बार्षिक बीमा शुल्क भुक्तानीमा कुनै छुटको ब्यवस्था गरिएको छैन । तथापी अर्धबार्षिक भुक्तानीमा ३ प्रतिशत थप र त्रैमासिकमा ४ प्रतिशत थपको ब्यवस्था कम्पनीले गरेको छ । कम्पनीले बीमाङ्कको आधारमा बीमा शुल्क दरमा छुटको ब्यवस्था पनि गरेको छ । यस अन्तर्गत रु. १ लाख ५० हजारसम्मको बीमाङ्क रकममा कुनै छुटको ब्यवस्था छैन । तर, रु १ लाख ५१ हजारदेखि रु. ३ लाखसम्मको बीमाङ्क रकममा रु. १ प्रति हजार, रु. ३ लाख १ हजारदेखि रु. ५ लाखसम्म रु. १.५ प्रति हजार, रु. ५ लाख १ हजारदेखि माथि रु २ प्रति हजार क्रमशः बीमाङ्क रकममा छुटको ब्यवस्था गरिएको छ । त्यसैगरी दुर्घटना लाभ सुविधा अन्तर्गत रु. १ करोडसम्म थप रु. १ प्रति हजार प्रति ब्यक्तिको ब्यवस्था रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]