Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा समितिले बैंकहरुमा निक्षेप राख्ने

२०७८ माघ ५ गते


बैंकिङ खबर/ बीमा समितिले बैंकहरुमा निक्षेप राख्ने भएको छ । समितिले एक सूचना जारी गर्दै सात दिनभित्र निक्षेप राख्न चाहाने वाणिज्य तथा विकास बैंकले दरभाउ र वित्तिय विवरणसहित सिलबन्दी दरभाउ पत्र पेश गर्न आह्वान गरेको छ ।

समितिमा रहेको निक्षेप राख्नका लागि बैंकहरुले अधिकतम व्याजदर, पछिल्लो त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा नोक्सान विवरण पेश गर्नु पर्नेछ ।

त्यस्तै, बैंकहरुको निष्कृय सम्पत्ति, कर्जा निक्षेप अनुपात, पुँजी पर्याप्तता कोषको विवरण समेत पेश गर्नु पर्ने सूचनामा उल्लेख गरिएको छ ।