Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सीडीएससीका अधिकांश कर्मचारीलाई कोरोना, घरायसी तथा मृत्यु नामसारी सेवा बन्द

२०७८ माघ ४ गते

बैंकिङ खबर/ सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का अधिकांश कर्मचरीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै सीडीएससीले सेयरको घरायसी तथा मृत्यु नामसारी सेवा बन्द गरेको छ।

सीडीएससीले माघ ११ गतेसम्मका लागि घरायसी तथा मृत्यु नामसारी सेवा बन्द गरेको हो। कोभिडको तेस्रो लहरसँगै सीडीएससीमा कार्यरत अधिकांश कर्मचारी संक्रमित भएकाले चेन ब्रेकका लागि कार्यालयले प्रदान गर्दै आएको यो सेवा बन्द गर्नुपरेको सीडीएससीद्वारा जारी सूचनामा उल्लेख छ। यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाका लागि सीडीएससीले क्षमायाचना गरेको छ।

 

Ad