
बैंकिङ खबर/ नेपाल एक कृषिप्रधान देश हो । नेपालको विकासको इञ्जिन भनेकै कृषि हो । करिब ६५ प्रतिशत जनसंख्याको मुख्य आधार कृषि भएकाले यसका विभिन्न पक्षमा विकासको रूपरेखा बुझ्नका लागि नेपालको अर्थतन्त्रमा कृषिको वर्तमान अवस्थालाई विविधिकरण, आधुनिकीकरण र विस्तार गर्न अति आवश्यक छ।
नेपाललाई कृषिबाटै समृद्ध समाजतर्फ लैजाने र सहस्राब्दी विकास लक्ष्यको विश्वव्यापी एजेण्डा हासिल गर्न उपलब्ध स्रोत र अवसरहरूको प्रभावकारी व्यवस्थापन गर्न सक्षम दक्ष जनशक्ति निर्माण गर्नुपर्ने देखिन्छ । यिनै तथ्यहरूलाई ध्यानमा राख्दै, हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी (हिकास्ट) को सन् २००० मा स्थापना भएको हो । यस कलेज आज २१ औँ वर्ष पूरा गरेर २२ औँ वर्षमा छ।
२२ वर्षको अवधिमा नेपालकै पहिलो निजी क्षेत्रबाट संचालित हिकास्टले हालसम्म कृषि, पशु चिकित्सा, डेरी, मिट साइन्स प्रविधि र कृषि विजिनेसमा धेरै प्रतिस्पर्धी राष्ट्रिय जनशक्ति उत्पादन गरिसकेको छ। ‘गुणस्तरीय शिक्षामार्फत कृषि क्रान्ति (रूपान्तरण)’ भन्ने आफ्नो मूलभूत लक्ष्य प्राप्त गर्न अगाडि लम्किरहेको छ।
काठमाडौंस्थित किर्तिपुरमा रहेको यस कलेजले शिक्षक, विद्यार्थीहरू र अन्य सरोकारवालाहरूबीच वास्तविक जीवन परिस्थितिहरूसँग अन्तरक्रिया गरेर कक्षा कोठामा, समुदायमा, खेतबारीमा र शिक्षण-अनुसन्धान प्रयोगशालामै पुगेर इन्टर्नशिपका आधारमा पठनपाठन गराउँदैआएको छ। हिकास्टले प्रत्येक सेमेस्टरमा विद्यार्थीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्दै आएको छ।
गुणस्तरीय शिक्षाबाट कृषि क्रान्ति
हिकास्टमा राष्ट्रिय र अन्तर्राष्ट्रिय योग्य र अनुभवी विशेषज्ञबाट पठनपाठन हुँदै आएको छ। कलेजले अन्तक्र्रियात्मक र व्यवहारिक कार्यउन्मुख सिकाइहरू प्रयोग गर्दै आएको छ।
धेरै संख्यामा स्नातकहरूले विकसित देशहरूमा मास्टर डिग्री हासिल गरेका छन् र केहीले पीएचडि गरेका छन् । कोही देश र विदेशका सरकारी कार्यालयहरू साथै गैरसरकारी संस्थाहरू र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा समेत आवद्ध भएका छन् ।
हिकास्टमा नयाँ भर्ना

हिकास्टमा पढ्न चाहने विद्यार्थीहरुका लागि बिभिएससी एण्ड एएच(भेटनरी डाक्टर) र बिएससी(वनर) एग्रिकल्चरमा नयाँ भर्ना खुलेको छ। दुवै विषयका लागि माघ ५ गतेसम्म इन्ट्रान्सफर्म बुझाउन सकिनेछ भने दोब्बर दस्तुरमा माघ ९ गतेसम्म फर्म बुझाउन सकिने क्याम्पसका डा.सुवास पौडेलले जानकारी दिए ।
कृषिको स्कोप कहिले पनि टर्मिनेशन नहुने हुँदा यस विषयको बढी महत्व रहेको डा.पौडेल बताउँछन् । पव्लिक प्राइभेट सेक्टरको साउथ एसियाकै पहिलो कलेजको रुपमा रहेको यस कलेजबाट १२ सयभन्दा बढी ग्राजुयटहरुले सेवा दिइरहेका छन्।
कस्तो कोर्स हो यो ?
४ वर्षे बिएससी(वनर)एग्रिकल्चर प्रोग्रामका लागि प्लसटुमा टु जिपीए भन्दा माथि क्यामेष्ट्रि, बायोलोजी र अंग्रेजी पढेको हुनुपर्नेछ।
बिभिएससी एण्ड एएच(भेटनरी डाक्टर) का लागि २.४ जिपीए ल्याउनुका साथै क्यामेष्ट्रि बायोलोजी र म्याथ पढेको हुनुपर्नेछ।