January 15th, 2022

आँधिखोला लघुवित्तको पाँचौं साधारण सभा सम्पन्न

बैंकिङ खबर/ आँधिखोला लघुवित्त वित्तीय संस्थाको पाँचौं साधारण सभा शुक्रबार होटल गाँउवेशीको सभाहल वालिङ–८, स्याङजामा सम्पन भयो । सभामा संचालक समितिका तर्फबाट अध्यक्ष नरेश केसीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गरियो ।

सभाले लेखा परिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वासलत, नाफा नोक्सानको हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गरिएको बताइएको छ । साथै, सभाले राष्ट्र वैंकको स्वीकृत बमोजिम २० प्रतिशत बोनस शेयर स्वीकृत गरेको बताइएको छ।

सभाबाट संस्थापक समूहको प्रतिनिधित्व गर्दै नरेश के.सीसहित श्यामविक्रम खाण र सावित्रा दवाडी पौडेल निर्वाचित भएको कम्पनी सचिव वावुराम कुँवरले बताएका छन् । साधरण सभाको संचालन कम्पनी सचिव वावुराम कुँवरले गरेका थिए भने कार्यक्रमको उद्घाटन संचालक समितिका अध्यक्ष नरेश केसीले गरेका थिए। संस्थाको वैठकले पुनः नरेश के.सीलाई अध्यक्षमा चयन गरेको छ ।

हाल ११ जिल्लामा १९ कार्यालय मार्फत २ प्रदेशमा कार्यक्रम संचालन गर्दै आएको र हालै वाग्लुङमा केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्थासँग गरेको मर्जर प्रकृया तोडिएको प्रमुख कार्यकारी अधिकृत डोलराज केसीले बताएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]