January 14th, 2022

बीग मर्जरमा बीग प्रोब्लम : हिमालयन र इन्भेस्टमेन्ट बैँकबीचको मर्जर प्रक्रिया असफल !


बैंकिङ खबर/ हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैँकबीचको मर्जर प्रक्रिया असफल भएको छ। हिमालयन बैंकको वार्षिक साधारणसभाले शुक्रबार इन्भेस्टमेन्टसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेको हो।
मर्जर विशेष प्रस्ताव स्वीकृत हुन ७५ प्रतिशत सेयर सदस्यहरुको मत प्राप्त हुनुपर्ने भएकामा प्राप्त नभएको हो। हिमालयन बैँक स्रोतका अनुसार अधिकांश सदस्यहरु मर्जरको विपक्षमा देखिएका थिए।

हिमालयन र इन्भेस्टमेन्ट बैँकबीच ३० वैशाख २०७८ मा मर्जरको प्रारम्भिक सहमति भएपछि दुवै बैंकले राष्ट्र बैंकमा निवेदन दिएका थिए। राष्ट्र बैंकले २०७८ जेठमा मर्जरको सैद्धान्तिक स्वीकृति दिएको थियो।

हिमालयनले आफ्नो छुट्टै अस्तित्वलाई नै निरन्तरता दिने बताइएको छ। बैंकमा २० प्रतिशत सेयर रहेको कर्मचारी सञ्चय कोषसमेत नेपाल इन्भेस्टमेन्टसँगको मर्जरको विपक्षमा थियो। बैंकका पूर्वअध्यक्ष मनोजबाबु श्रेष्ठसमेत मर्जरविरुद्ध थिए।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]