Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सांग्रिला डेभलपमेन्ट बैंकमा राेजगारीकाे अवसर

२०७८ पुष ३० गते

बैंकिङ खबर/ सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ। बैंकले सुपर भाइजर जुनियर अफिसरको पदपूर्ति गर्न कर्मचारी माग गरेको हाे। बैंकले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको जनाएकाे छ। केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंको लागि एकजना सुपरभाइरज आवश्यक परेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ।

उक्त पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता भएको हुनुपर्ने पनि जारी सूचनामा उल्लेख छ। योग्यता पुगेका इच्छुक ब्यक्तिले सम्पूर्ण आवश्यक कागजातसहित माघ १३ गतेसम्म कम्पनीमा आवेदन दिन सकिने बताइएकाे छ।