January 13th, 2022

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा कृषि बीमा क्षति मूल्यांकनकर्ताका लागि तालिम सम्पन्न

बैंकिङ खबर/लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. ले संखुवासभाको खाँदबारीमा ३ दिने “कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम” सम्पन्न गरेको छ।

२६ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको उक्त तालिममा बीमा समितिका उपनिर्देशक निर्मल अधिकारी र कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेनाले सहभागीहरुलाई तालिम प्रदान गरेका थिए।

तालिममा जिल्ला समन्वय समितिका संयोजक सुमन शाक्य, जिल्ला पशु सेवा कार्यालयका प्रमुख हिमालय पोखरेल लगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]