January 13th, 2022

६.८ प्रतिशतले घट्यो रेमिट्यान्स


बैंकिङ खबर/ चालु आवको पहिलो ५ महिनामा रेमिट्यानस ६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा ११ प्रतिशतले बढेको रेमिट्यान्स ६.८ प्रतिशतले कमी आएर ३८८ अर्ब ५८ करोड रुपैयाँमा सीमित भएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको तथ्यांक अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १ लाख ३१ हजार ८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९,५८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ५.७ प्रतिशतले कमी आई रु.४३३ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]