Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एलआइसी नेपालद्वारा ‘बाल समृद्धि’ नामक बीमा योजनाको शुभारम्भ

२०७८ पुष २८ गते

बैंकिङ खबर।

एलआइसी नेपालको पुतलीसडक स्थित मुख्य कार्यालयमा बुधबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दास, नायव प्रमुख कार्यकारी अधिकृत टी. बर्णवाल , सूचना प्रविधि प्रमुख सञ्जीव अग्रवालले आफ्ना कर्मचारीहरूसँगै संयुक्त रुपमा बाल समृद्दि नामक बीमा योजनाको शुभारम्भ गरेका छन् ।

यस योजनामा १६ वर्ष उमेर पुरा नहुँदासम्म बुझाएको बीमा शुल्कले २० वर्ष उमेर हुँदासम्म जोखिम बहन हुनेछ। अधिकतम ११ वर्षसम्म उमेर पुगेका बालबालिका यस योजानाको लागि बीमा योग्य हुन्छन् । बालबालिका १६ वर्ष पुगेपछि कुनै बीमा शुल्क बझाउनु पर्दैन । बालबालिकाको १६, १७, १८, १९ र २० औं जन्मदिनपछिको बीमा वर्ष दिवसमा बीमाङ्कको २० % का दरले अग्रिम रुपमा र अन्तिम वर्षमा आर्जित बोनशसहित रकम भुक्तानी हुने यस योजनाको विशेषता छ।

त्यसैगरी कथमकदाचित प्रस्तावकको अस्वभाविक तवरले जीउ-ज्यान गएमा प्रत्येक बीमालेख महिना दिवसमा बीमाङ्कको १ % रकम मासिक आम्दानीको रुपमा भुक्तानी गर्दै बाँकी सम्पूर्ण बीमा शुल्कहरु मिनाहा भई बीमालेख चालु अवस्थामा रहने छ।