बैंक तथा वित्तीय संस्थाको दायित्व ५९ अर्ब ३९ करोड


Bankingkhabar /January 12, 2022


बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकसँगको दायित्व ५९ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरुले रिपो, आउटराइट पर्चेज, ओभरनाइट रिपो र स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत लिएको सापटी दायित्व ५९ अर्ब रुपैयाँ नाघेको हो।

बैंक तथा वित्तीय संस्थाहरुले बुधबार मात्र १४ अर्ब ३६ करोड रुपैयाँ एसएलएफ उठाएका छन्। १२ वटा संस्थाले सात दिनका लागि ५ प्रतिशत ब्याजको एसएलएफ उठाएका हुन्।

एउटा बैंकले ५० करोड रुपैयाँ ओभरनाइट रिपो पनि लिएको छ। राष्ट्र बैंकले पुनर्कर्जा उपलब्ध गराउनुका साथै स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्ने सीमा ५० प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्याएपछि कर्जानिक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा तल आएको छ।


सोसिअल मेडिया