Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बैंकरको क्षतिपूर्ती बीमालेख बैंक तथा वित्तीय संस्थालाई मात्रै बिक्री गर्न पाइने

२०७८ पुष २८ गते


बैंकिङ खबर/बीमा समितिले बैंकरको क्षतिपूर्ती बीमालेख नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई मात्रै बिक्री गर्न सकिने जनाएको छ ।
समितिले निर्जीवन बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै बैंकरको क्षतिपूर्ति बीमालेख सम्बन्धी थप स्पष्ट पारेको हो । समितिले सहकारी तथा अन्य संस्थालाई बैंकरको क्षतिपूर्ती बीमालेख बिक्री गर्न नसकिने स्पष्ट पारेको हो ।

बीमा समितिका अनुसार निर्जीवन बीमा कम्पनीहरुले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई मात्रै उक्त बीमालेख बिक्रि गर्न सक्नेछन् ।

राष्ट्र बैंकबाट इजाजतपत्र बाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्त वित्तीय संस्थाहरुलाई मात्रै बैंकरको क्षतिपूर्ती बीमालेख बिक्री गर्न पाउने समितिले जानकारी दिएको छ ।

बीमा कम्पनीहरुले बैंकरको क्षतिपूर्ती सम्बन्धी बीमालेख बिक्री गर्दै आएका छन् । उक्त बीमालेख जारी भएपछि बीमालेख अवधिभर बीमाङ्क रकम थपघट गर्न नपाइने समितिद्वारा जारी निर्देशनमा उल्लेख छ ।