January 12th, 2022

एनआईसी एशिया बैंकले सातै प्रदेशमा माग्यो कर्मचारी


बैंकिङ खबर/एनआईसी एशिया बैंकले सातै प्रदेशमा ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सातै प्रदेशबाट ५ पदमा कर्मचारी मागेको हो । बैंकले ब्रान्च म्यानेजर, एक्सपेरियन्स म्यानेजर,अपरेशन, सर्भिस म्यानेजर, एक्सपेरियन्स एङ्कर, रिलेशनसिप म्यानेजर, डिजिटल सेल्स र डिजिटल एडप्सन एण्ड च्यानल माइग्रेसन पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

सो पदहरुका लागि कम्पनीले न्यूनतम स्नातक तहदेखि स्नाकोत्तरसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । इच्छुक योग्यता पुगेका ब्यक्तिले माघ १२ गतेसम्म कम्पनीको वेबसाइट https://www.nicasiabank.com/current-vacancies मार्फत आवेदन दिन सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]