
बैंकिङ खबर/ बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण रोक्ने भएको छ । निर्जीवन बीमा कम्पनीहरुले नगद लाभांश वितरण नगर्न निर्देशन दिएको समितिले जीवन बीमा कम्पनीहरुलाई पनि नगद लाभांश वितरण गर्न रोक लगाउने भएको हो ।
जोखिममा आधारित पूँजी सम्बन्धी निर्देशिकाको तयारी गरिरहेकाले जीवन बीमा कम्पनीहरुलाई पनि नगद लाभांश वितरण गर्न रोक लगाउने तयारी भइरहेको बीमा समितिले जनाएको छ ।
रिक्स बेसमा जानु पर्ने भएकोले पनि नगद लाभांशलाई रोकेर बोनस वितरणमा जोड दिएको उनको भनाई छ । समितिले सोमबार मात्रै निर्जीवन बीमा कम्पनीहरुले पनि नगद लाभांश वितरण नगर्न निर्देशन दिएको थियो ।


