Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

गुराँस लाइफ इन्स्योरेन्सद्वारा अनाथ बालबालिकालाई सहयोग

२०७८ पुष २४ गते

बैंकिङ खबर।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शनिवार कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथ बालबालिकालाई सहयोग गरेको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं.३, मुहानपोखरीमा अवस्थित नवयुवा बाल सुधार समाजमा रहेका अनाथ बालबालिकाहरुलाई एक कार्यक्रमकाबीच न्यानो कपडा (ज्याकेट) झोला तथा स्टेशनरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लालले एक कार्यक्रमका बीच समाजका अध्यक्ष शिवशंकर नेपाली मार्फत बालबालिकालाई हस्तान्तरण गरेका हुन्।

बढानिलकण्ठ नगरपालिका वडा नं. ३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यक्रममा कम्पनीका क्षेत्रीय कार्यालय ललितपुरका क्षेत्रीय प्रमुख रुपक के.सीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कम्पनीका प्रबन्धक बोधलाल पुरीले संचालन गरेको सो कार्यक्रममा कम्पनी कर्मचारी संघका अध्यक्ष सुशन नेपाल तथा कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

१९ वर्षदेखि संचालनमा रहेको नव यूवा बाल सुधार समाजलाई कम्पनीको तर्फबाट सहयोग गर्न पाएकोमा आफूलाई खुशी लागेको एवं कम्पनीको यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृतले गराए। साथै वडाध्यक्ष बालकृष्ण श्रेष्ठले यस कार्यक्रमको लागि कम्पनीलाई धन्यवाद ज्ञापन गरे।