Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

वाणिज्य बैंकहरुको निक्षेप एक सातामा १४ अर्बले बढ्यो

२०७८ पुष २० गते

बैंकिङ खबर/वाणिज्य बैंकहरुको निक्षेप एक सातामा १४ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार पुस १० गतेदेखि पुस १६ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप १४ अर्ब रुपैयाँले बढेको हो। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। गत पुस ९ गतेसम्म बैंकहरुको कुल निक्षेप ४२ खर्ब ३५ अर्ब रुपैयाँ रहेको थियो।

यसैगरी वाणिज्य बैंकहरुको कर्जा लगानी पनि एक साताको अवधिमा ११ अर्ब रुपैयाँले बढेको छ। गत पुस ९ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ८८ अर्ब रुपैयाँ रहेकोमा पुस १६ गतेसम्म बढेर ४० खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ।

 

Ad