
बैंकिङ खबर/ वाणिज्य बैंकहरुको तुलनामा एनआईसी एशिया बैंक पछिल्लो समय झन् सहज बन्दै गएको छ । बैंकले आफ्ना सेवा सुविधाहरुलाई क्रमिक रुपमा बढाउँदै लगेको छ । देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्ने लक्ष्यसहित स्थापना भएको बैंक २४ औँ वसन्तमा आइपुगेको छ ।
हालसम्म आइपुग्दा बैंकको वासलातको आकार, कर्जा प्रवाह, निक्षेप, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाल तथा एटीएमको संख्या लगायतका अधिकांश प्रमुख वित्तीय एवं गैरवित्तीय परिसूचकहरू अग्रस्थानमा रहेका छन्। ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ स्थापना भएको बैंक सबैले गर्व गर्न सक्ने स्तरको सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै सबैको पहिलो रोजाइको बैंक बन्न सफल भएको छ ।
‘सेवा सुविधा चित्त बुझ्दो छ’

काठमाडौं नक्साल बस्दै आएकी पार्वती श्रेष्ठले एनआईसी एसिया बैंकमा खाता खोलेको पाँच वर्ष भयो । उनले कमाएको पैसा यहि बैंकमा बचत गर्दै आएकी छन् ।
पार्वती भन्छिन्, ‘अन्य बैंकको तुलनामा एनआईसी एसिया बैंकको सेवा चित्त बुझ्दो छ । यसको शाखा धेरै ठाउँमा र एटिएम पनि ठाउँठाउँमा भएका कारण सहज छ । जुनसुकै ठाउँमा जाँदा पनि यो बैंकको शाखामा आफ्नो कारोबार गर्न सकिन्छ । सहज भएको छ ।’
लमजुङ घर भइ हाल काठमाडौं बस्दै आएका बसन्त विष्ट पनि विगत लामो समयदेखि एनआईसी एसिया बैंकमै कारोबार गर्दै आएका छन्। जहाँ पनि यसका शाखा र एटीएम सुविधा भएका कारण पनि आफूलाई यस बैंक सहज लागेको उनको अनुभव छ। बैंकले दिने अन्य अफरहरुले पनि बैंक सहज लागेको उनी बताउँछन्।
शाखा सञ्जालमा अब्बल

शाखा सञ्जाल विस्तारमा एनआईसी एशिया बैंक अब्बल रहेको छ। एनआईसी एशियाको शाखा संख्या ३५८ पुगेका छन्। जसले गर्दा एनआईसीका ग्राहकलाई सजिलै कारोबार गर्न सहज भएको छ। ग्राहकहरुले देशभरका शाखाबाट सजिलै कारोबार गर्न सक्नेछन् ।
टोलैपिच्छे एटीएम
एटीएम सबैभन्दा बढी भएको बैंक पनि एनआईसी एशिया बैंक नै भएको छ । एनआईसी एशिया बैंकका एटीएमको संख्या ४७३ पुगेको छ। जहाँबाट ग्राहकले सुविधा लिइरहेका छन् । त्यसैले एनआईसी एशिया बैंकका ग्राहकले टोलैपिच्छे एटीएम हुँदा थप सहज भएको महसुस गर्दै आएका छन् ।
डिजिटल कारोबारमा फोकस
एनआईसी एशियाले हाल डिजिटल फष्टको रणनीति अङ्गीकार गर्दै डिजिटल माध्यमलाई पहिलो प्राथमिकता दिइरहेको छ । बैंकले आफ्ना बैंकिङ्ग सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेकोमा यसलाई थप विस्तारित बनाउँदै जुनसुकै स्थानबाट, जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प तथा लाइफ स्टाइल बैंकिङको अवधारणा अङ्गीकार गर्ने रणनीति अख्तियार गरेको छ ।
बैंकले डिजिटल पूर्वाधारमा पर्याप्त लगानी गरी एक मूलभूत आधारशिला तयार गरिसकेकाले आर्थिक वर्ष २०७८/७९ मा ठोस डिजिटल रुपान्तरणको लक्ष्य लिई अगाडि बढिरहेको छ । यस बैंकको डिजिटल कारोबार र भौतिक कारोबारको मिश्रण नेपालको बैंकिङ क्षेत्रकै सर्वाधिक उच्च रहेको बैंकको दाबी छ ।
ग्राहकका लागि नयाँ–नयाँ योजना

एनआईसी एशिया बैंकले ग्राहकहरुलाई लक्षित गरेर नयाँ–नयाँ योजना ल्याउने गरेको छ । एनआईसीले यसअघि ल्याएको चमत्कारी बचत योजना होस् या अहिले सञ्चालनमा रहेको सर्वश्रेष्ठ बचत योजना । जुन योजनाबाट ग्राहकले विभिन्न सेवाहरू पाँच वर्षसम्म निःशुल्क, रू.२१ लाखको बीमाको फाइदा, सहुलियत कर्जा लगायतका २४ अतुलनीय फाइदा पाउन सक्नेछन् ।
ग्राहकहरूलाई बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरू उपलब्ध गराएकै कारण आज एनआईसी एशिया बैंक मुलुककै सबैभन्दा ठूलो बैंक र निजी क्षेत्रको बैंकहरूमा सबैभन्दा बढी ग्राहक संख्या बनाउन सफल बनेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार विभिन्न १० सूचकमा एनआईसी एशिया बैंक पहिलो नम्बरमा पर्न सफल भएको छ । बैंकले सर्वश्रेष्ठ बचत खाता योजनामा खाता वालालाई २४ वटा फाइदा उपलब्ध गराएको छ । सर्वश्रेष्ठ खातामा बीमा सम्बन्धी तीन, कर्जा सम्बन्धी तीन र अन्य १८ वटा फाइदाहरू रहेका छन् ।
सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकलाई उसले पाँच वर्षसम्म विभिन्न सेवाहरू निःशुल्क उपलब्ध गराउँदै आएको छ । सर्वश्रेष्ठ बचत खातामा पाइने बीमा र कर्जाको फाइदा अन्य बचत खातामा प्रदान गरेको भन्दा निकै नै धेरै र अतुलनीय छ ।
सर्वश्रेष्ठ बचत खातामा बैंकले विभिन्न सेवाहरूलाई पाँच वर्षसम्म निःशुल्क दिने घोषणा गरेको छ । उसले डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा यस्तो सेवा दिएको हो ।
सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले डेबिट कार्ड पाँच वर्षसम्म निःशुल्क प्रयोग गर्न पाउँछन् । त्यस्तै सूचना प्रविधिको प्रयोग बढेसँगै मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गको प्रयोग बढ्दो छ । मोबाइलबाट धेरै सेवा दिन सकिने भएपछि बैंकहरूले पनि मोबाइल बैंकिङ्गलाई प्राथमिकतामा राखेका छन् । यस बैंकको सर्वश्रेष्ठ खाता अन्तर्गत एम्बासडर श्रेणीमा ग्राहकहरूले मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग सेवाको लागि पाँच वर्षसम्म कुनै पनि शुल्क तिर्नु पर्दैन ।
एनआईसीले भने एम्बेसडर खाता खोल्ने बित्तिकै पाँच वर्षको लागि यी सुविधाहरू निःशुल्क प्रयोग गर्न सकिने सुविधा ल्याएको छ । त्यस्तै, आरटीजीएस लगायत भुक्तानीमा पनि शुल्क लाग्दैन। क्रेडिट कार्ड आवेदन र जारी शुल्क, सप्लिमेन्टरी कार्ड, प्रिपेड डलर कार्ड, इकमर्श सुचारु गर्न कुनै पनि शुल्क लाग्दैन ।
एनआईसी एशिया बैंकले भने आरटीजीएस, आईपीएस, सीआईपीएसको हरेक पटकको कारोबार निःशुल्क उपलब्ध गराएको छ । साथै, चेक क्लियरिङ शुल्कसमेत निःशुल्क गरेको छ । डिम्याट र मेरो शेयर प्रयोगमा पनि शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
यसको अर्को निःशुल्क सुविधा भनेको मुलुकभरका कुनै पनि बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लाग्दैन । एनआईसी एशियाका ४७३ एटीएम शाखा र मुलुकभरका सबै बैंकका ४ हजार भन्दा धेरै एटीएमबाट पनि निःशुल्क रुपमा पैसा झिक्न सकिन्छ । ग्राहकले आफ्नो खाता भएको बैंककै एटीएम खोज्दै जानु पर्ने झन्झटबाट समेत मुक्ति पाउनेछन् ।
त्यस्तै लकरको प्रयोग गर्ने ग्राहकले लकर शुल्क तथा मार्जिनमा १०० प्रतिशत छुट दिइएको छ । एनआईसी एशिया बैंकको लकर शुल्कमा मात्रै शतप्रतिशत छुट होइन, लकर मार्जिनमा समेत शतप्रतिशत छुट रहेको छ । शेयर बजारलाई ध्यानमा राखेर एनआईसी क्यापिटलबाट पोर्टफोलियो म्यानेजमेन्टको लागि पहिलो वर्ष ५० प्रतिशत छुट उपलब्ध गराएको छ । त्यस्तै, विदेशी मुद्रा सटहीको दस्तुरमा २५ पैसा शुल्क छुट प्रदान गरिएको छ ।
कर्जा विस्तारमा अगाडि
कर्जा बिस्तारको अवस्था हेर्दा पनि एनआईसी एशिया बैंक अन्य बैंकभन्दा अगाडि देखिन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कुल कर्जा २ खर्ब ७७ अर्ब लगानी सफल भएको छ । निक्षेप संकलन र कर्जा प्रवाहमा एनआइसी एशियाले नबिल बैंकलाई पनि उछिनेको छ । नबिल बैंकले चालु आर्थिक वर्षको त्रैमाससम्ममा २ खर्ब २५ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ७ अर्ब कर्जा प्रवाह गरेको छ ।
बढ्दो ग्राहक संख्या
निजी क्षेत्रका बैंकमध्ये एनआइसी एशिया बैंकका सबैभन्दा धेरै ग्राहक संख्या देखिएका छन् । यस बैंकका ग्राहक साढे २८ लाख बढी पुगेका छन् ।
२४ सैँ घण्टा गुनासो टिपाउन सकिने
एनआईसी एशिया बैंकसँग सम्बन्धित कुनै पनि जिज्ञासा छ भने तपाईं जुनसुकै समयमा टिपाउन सक्नुहुनेछ । बैंकले समस्या, जिज्ञासा वा गुनासो पैसा नलाग्ने टोल फ्री नम्बरमार्फत टिपाउन सकिने उल्लेख गरेको छ । बैंकले उक्त गुनासो तत्कालै समाधान गर्नेछ । त्यसका लागि टोल फ्री नम्बर 1660-01-77771 (for NT user) वा 01-5970101 मा कल गर्न सकिनेछ ।