Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा

२०७८ पुष १३ गते

बैंकिङ खबर।

नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश दिने भएकाे छ। साे प्रयाेजनका लागि उसले आगामी ६ माघमा साधारणसभा बोलाएको छ। लघुवित्तले क्रिक रिसोर्ट धादिङबेसीमा आठौँ वार्षिक साधारणसभा आह्वान गरेको हो।

सभामा लघुवित्तले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश प्रस्ताव पारित हुनेछ। लाभांश प्रस्तावका साथै सभाले अन्य लघुवित्तसँग मर्जर वा एक्विजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका एजेन्डा छन्।

२६ पुससम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र लघुवित्तको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।