Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

बीमा क्षेत्रमा ११ हजार बढीले पाए रोजगारी

२०७८ पुष ११ गते

बैंकिङ खबर/ बीमा क्षेत्रमा ११ हजार भन्दा बढीले रोजगारी पाएका छन् । बीमा समितिको तथ्याङ्क अनुसार मंसिर मसान्तसम्ममा बीमा कम्पनीहरुको शाखाको संख्या ३ हजार २४९ पुगेको छ भने चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको उक्त शाखा कार्यालयहरुमा ११ हजार ४५२ जना संख्यामा कर्मचारी रहेका छन् ।

१९ जीवन बीमा कम्पनीहरुको २ हजार २३० वटा शाखा कार्यालयहरुमा ६ हजार २ जनाले रोजगारी पाएका छन् । त्यस्तै, २० निर्जीवन बीमा कम्पनीहरुको १ हजार १९ शाखा कार्यालयमा ५ हजार ४५० जनाले रोजगारी पाएका छन् ।

नेपाल लाइफमा सबैभन्दा धेरै ६६४ जनाले रोजगारी पाएका छन् । कम्पनीको १९८ वटा कार्यालयहरुमा सो संख्यामा रोजगारी प्राप्त भएको हो । एशियन लाइफका १५० शाखा कार्यालयमा ४४८ जना, युनियन लाइफका १७८ कार्यालयमा ४३० जना र ज्योति लाइफका १२८ शाखामा ४२० जनाले रोजगारी प्राप्त गरेको बीमा समितिले जनाएको छ ।

यस्तै नेशनल लाइफमा ३७५ जना, प्राइम लाइफ ३६४, सन् नेपाल ३५३, रिलायबल नेपाल ३२९, सिटिजनस लाइफ ३०९ र प्रभु लाइफमा ३०७ जनाले रोजगारी पाएका छन् । सूर्या लाइफमा २९४ जना, आईएमई लाइफ २५६, रिलायन्स २५२ जना, सानिमा लाइफ २३८, गुराँस लाइफ २३३, लाइफ इन्स्योरेन्स कर्पोरेशनमा २२५ जना र महालक्ष्मी लाइफले २२२ जनालाई रोजगारी दिएको छ ।

मेट लाइफमा १५९ जना र राष्ट्रिय बीमा कम्पनीमा १२४ जना कर्मचारीले रोजगारी पाएका छन् । मंसिरसम्म मेट लाइफका ३३ र राष्ट्रिय बीमा कम्पनीको शाखा कार्यालय २२ मात्र रहेको छ । ७ जीवन बीमा कम्पनीको शाखा एक सयभन्दा कम रहँदा १२ कम्पनीको शाखा एक सयभन्दा बढी छन् ।

निर्जीवन बीमा कम्पनीतर्फ शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ६१० जनालाई रोजगारी दिएको छ । मंसिरसम्ममा कम्पनीका १०५ शाखामा उक्त संख्यामा कर्मचारीले जाखिर पाएका हुन् ।

यसैगरी नेको इन्स्योरेन्समा ४७२ जना, सगरमाथा इन्स्योरेन्समा ४३२, सिद्धार्थ इन्स्योरेन्समा ४०४ र एनएलजी इन्स्योरेन्समा ४०२ जनाले रोजगारी पाएका छन् । यस अवधिमा नेकोको शाखा संख्या ७७, सगरमाथाको ८१, सिद्धार्थको ९४ र एनएलजीको ८१ रहेको बीमा समितिले जनाएको छ ।

मंसिर मसान्तसम्ममा प्रिमियर इन्स्योरेन्सले ३१४ जनाले रोजगारी पाएका छन् भने अजोड इन्स्योरेन्समा ३०० जना, युनाइटेड इन्स्योरेन्समा २७२, आईएमई जनरलमा २७१, नेपाल इन्स्योरेन्स २६७, लुम्बिनी जनरल २६६, हिमालयन जनरल २१६, प्रभु इन्सयोरेन्स २१४, एभरेष्ट इन्सयोरेन्स २११ र प्रुडेन्सियल इन्स्योरेन्समा २०७ जनाले रोजगारी पाएका छन् ।

मंसिर मसान्तसम्ममा जनरल इन्सयोरेन्समा १९९ जना, र सानिमा इन्सयोरेन्समा १५९ जना, राष्ट्रिय बीमा कम्पनीमा ९३ जना, नेशनल इन्स्योरेन्समा ७१ जना र ओरियन्टल इन्स्योरेन्समा ७० जनाले रोजगारी पाएका छन् । मंसिर मसान्तसम्ममा नेशनल इन्स्योरेन्सको शाखा सबैभन्दा कम १३ रहेकोमा ओरियन्टल इन्स्योरेन्सको १५ तथा सानिमा जनरल इन्सयोरेन्स र राष्ट्रिय बीमा कम्पनीको समान २३÷२३ शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।

२८ प्रतिशत सर्वसाधारण बीमाको पहुँचमा

चालु आर्थिक वर्ष २०७८/७९ को मंसिरसम्ममा २८ दशमलव १ प्रतिशत सर्वसाधारणको पहुँचमा बीमा सेवा पुगेकाे छ। गत वर्ष यसै अवधिमा बीमाको पहुँच २२ दशमलव १४ प्रतिशत रहेको थियो। बीमा समितिका अनुसार मंसिरसम्ममा ९० लाख नाै हजार एक सय ५३ वटा जीवन बीमा, ६ लाख १० हजार वैदेशिक रोजगार गरी कुल ९६ लाख १९ हजार चार सय ४७ वटा जीवन बीमालेख जारी भएको छ।

जीवन बीमाबाट कम्पनीहरूले मंसिर ०७८ सम्ममा ५७ अर्ब ७९ करोड रुपैयाँ बीमालेख संकलन गरेका छन् । यसैगरी मंसिर मसान्तसम्ममा १२ लाख ४८ हजार निर्जीवन बीमालेखमार्फत ७३ अर्ब २२ करोड बीमाशुल्क संकलन भएको समितिले जानकारी दिएको छ।

चालु आबको मंसिरसम्ममा जीवन बीमा कम्पनीहरूले १५ अर्ब ३४ करोड प्रथम बीमा शुल्क उठाएका छन्। यसैगरी, मंसिरमा मात्र तीन अर्ब १३ करोड प्रथम बीमाशुल्क संकलन गरेको समितिको तथ्यांकमा उल्लेख छ।