Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण सभा आज बस्दै, ५.२६ प्रतिशत लाभांश पारित हुने

२०७८ पुष ११ गते

बैंकिङ खबर।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा आज (आइतवार) हुने भएको छ। कम्पनीले सभा बिहान ११ बजे अनमोल ब्याक्वेंट शंखमुल, काठमाडौंमा शुरु हुने जानकारी दिएको छ। सभाले ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तव पारित गर्नेछ।

त्यसैगरी सभाले कम्पनीको नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने र आव २०७६/७७ मा संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत कोभिड प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहयता वापतको रकम रू. ७ लाख ५० हजार अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

यस्तै सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर २६ गते एक दिन बन्द भइसकेको छ। यस आधारमा मंसिर २५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।