Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एक वर्षमा ५.२६ प्रतिशतले बढ्यो बीमाको पहुँच

२०७८ पुष ९ गते


बैंकिङ खबर/पछिल्लो समय बीमाको पहुँच बढ्दै गएको पाइएको छ । बीमा समितिको चालु आवको पाँच महिनाको तथ्यांकलाई केलाउँर्दा वैदेशिक रोजगार(म्यादी) सहित बीमाको पहुँच ३० प्रतिशतमा पुगेको छ । समितिका अनुसार एक वर्षमा बीमाको पहुँच ५.२६ प्रतिशत बिन्दुले वृद्धि भएको हो । गत आवको मंसिर मसान्तसम्ममा वैदेशिक रोजगार(म्यादी) सहित बीमाको दायरामा आएको जनसंख्या २४.७४ प्रतिशत रहेको थियो ।

समितिका अनुसार चालु आवको मंसिर महिनाको तथ्यांकअनुसार वैदेशिक रोजगार(म्यादी बीमा) बाहेक २८.०१ प्रतिशतमा बीमा विस्तार भएको छ । गत आवको पाँच महिनाको अवधिमा वैदेशिक रोजगार(म्यादी बीमा) बाहेक २२.१४ प्रतिशतमा बीमाको पहुँच पुगेको थियो ।
चालु आवको साउनसम्ममा बैदेशिक रोगजार(म्यादी बीमा) सहित २६.८९ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको थियो । म्यादी बीमा बाहेक २४.९९ प्रतिशतमा बीमाको पहुँच विस्तार भएको थियो ।

म्यादी बीमा सहित बीमाको पहुँच भदौ महिनामा २७.५२ प्रतिशत, असोज महिनासम्ममा २८.१५ प्रतिशत पुगेको थियो । कार्तिक महिनासम्ममा २९.६८ प्रतिशतमा बीमाकको पहुँच पुगेको थियो ।

चालु आवको पाँच महिनको अवधिमा ९० लाख ९ हजार १५३ वटा बीमाले जारी भएका छन् । गत आवको यसै अवधिको तुलनमा यो २८ प्रतिशतले बढी हो । गत आवको पाँच महिनाको अवधिमा ७० लाख ३८ हजार १८१ वटा जीवन बीमालेख जारी भएका थिए । समितिका अनुसार चालु आवको पाँच महिनाको अवधिमा बीमा व्यवसाय १८.८७ प्रतिशतले बढेको छ ।

यस अवधिमा ७३ अर्ब २२ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन भएको छ । जीवन बीमा कम्पनीले ५७ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ४२ करोड ६९ लाख रुपैयाँ बीमाशुल्शुल्क संकलन गरेका छन् ।