
बैंकिङ खबर।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. ले पौष ३ गतेदेखि ५ गतेसम्म बीमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम उदयपुरको गाइघाटमा सम्पन्न गरेको छ ।
कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेना र बीमा समितिकी सहायक निर्देशन सुनिता थापाले प्रशिक्षण दिएका थिए। उक्त तालिममा १० जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए।


