Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

२०७८ पुष ५ गते

बैंकिङ खबर/स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाले साधारणसभाका लागि ६ पुसमा बुकक्लोज गर्दैछ।

नेप्सेमा आजसम्म कारोबार भएर कायम रहेका सेयरधनीले मात्र लघुवित्तको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। लघुवित्तले सेयरधनीलाई वितरण गर्ने २५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न १५ पुसमा २०औँ वार्षिक साधारणसभा बोलाएको छ।

सभामा चुक्ता पूँजी वृद्धि गरी १ अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित हुनेछ।