Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

राष्ट्रिय बीमा कम्पनीमा रोजगारी, यी १० पदमा दिन सकिनेछ आवेदन

२०७८ पुष २ गते


बैंकिङ खबर/ राष्ट्रिय बीमा कम्पनीले विभिन्न १० पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले राष्ट्रिय बीमा कम्पनी र उक्त कम्पनी अन्तर्गत निकायमा रहेका पदहरुमा कर्मचारी सेवा, सर्त र विनियमावली–२०७४ अनुसार पदपुर्ति गर्न लागेको जनाएको छ ।

कम्पनीले व्यवस्थापका लागि १ जना, सह व्यवस्थापक खुल्ला र मधेसी १ जना, नायब व्यवस्थापक मधेसी १ जना, कानुन अधिकृतमा १ जना, सुचना प्रविधि अधिकृत महिला १ जना, सहायक व्यवस्थापक (खुल्ला, आदिवासी, मधेसी) ५ जना, सूचना प्रविधि अधिकृत (खुल्ला, महिला) १/१ जना सूचना प्रविधि सहायकमा १ जना, सहायक क मा ७ जना र सहायक ख मा ६ जना कम्पनीले कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका आवेदकले माघ १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हेर्नुहोस् विज्ञापन