Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

पुनर्बीमा निर्देशनका विषयमा अध्ययन गर्न समिति गठन

२०७८ मंसिर २७ गते


बैंकिङ खबर/बीमा समितिले पुनर्बीमा सम्बन्धी निर्देशनको विषयमा अध्ययनका लागि समिति गठन गरिएको छ । यही मंसिर ९ गते जारी गरेको निर्देशनको अध्ययनका लागि समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको अध्यक्षतामा समिति गठन गरेको हो ।
समितिमा बीमा समितिका निर्देशक शुशिलदेव सुवेदी, निर्जीवन बीमा कम्पनीहरुको तर्फबाट दुई जना, जीवन बीमा कम्पनीको तर्फबाट एक जना, दुई पुनर्बीमा कम्पनीहरुको तर्फबाट एक–एक जना प्रतिनिधि रहने छन् ।

समितिले मंसिर ९ गते एक निर्देशन जारी गर्दै नेपाली पुर्नबीमा कम्पनीमा मात्रै पुर्नबीमा गराउने निर्णय गरेको थियो । उक्त निर्णयले भर्खरै लाईसेन्स पाएको हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई छ अर्बको व्यापार सुश्चित गरेको छ । बीमा समितिको उक्त निर्णयको विरोध गर्दै बीमा कम्पनीहरु असन्तुष्ट बनेका छन् । बीमक संघ कम्पनीका अध्यक्षहरूको संस्थाले संयुक्त रुपमा बीमा समितिले गरेको निर्णय सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।