Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

नेपाल राष्ट्र बैंकमा ८३ कर्मचारीकाे माग(सूचनासहित)

२०७८ मंसिर २४ गते
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ८३ जना कर्मचारी माग गरेको छ। विज्ञापनमार्फत शुक्रबार विभिन्न पदमा कर्मचारी माग गरेको हो। इच्छुक योग्यता पुगेका नेपाली नागरिकले विज्ञापनमा अनलाइन आवेदन दिन सक्ने राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले जनाएको छ।
विज्ञापनअनुसार प्रशासन सेवातर्फ ४५ जना सहायक निर्देशक (अधिकृत तृतीय) माग गरेको छ। यस्तै सहायक निर्देशक (लेखा/लेखा परीक्षण) ६ जना लगायत अन्य पदमा जनशक्ति भर्ना गर्ने उल्लेख छ। उक्त विज्ञापनमा दरखास्त दिन आज (२०७८/०८/२४ गते) देखि पुष १५ गतेसम्म अनलाइन आवेदन दिन सकिने छ। यस्तै पुष २२ गतेसम्म दोब्बर दस्तुरमा अनलाइन दरखास्त दिन सकिने राष्ट्र बैंकले जनाएको छ।