December 10th, 2021

सूर्या लाइफले बाेलायाे पुस १९ का लागि साधारणसभा

बैंकिङ खबर।

सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक साधारणसभा १९ गते पुसमा बोलाएको छ। इन्स्योरेन्सले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न होटल हैरिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजे सभा आह्वान गरेको हो।

सभा भौतिक तथा भर्चुअल दुबै माध्यमबाट सुरू हुनेछ। सभामा कम्पनीले सो आर्थिक वर्षको नाफाबाट १२ दशमलव सात प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६७ प्रतिशत नगद गरी कुल १३ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेस हुनेछ। प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने संस्थापक र सर्वसाधारण समूहको सेयर संरचना परिवर्तन गर्ने लगायतको एजेन्डा छ।

कम्पनीले हाल संस्थापक समूहको हिस्सा ६० प्रतिशत र सर्वसाधारण समूहको हिस्सा ४० प्रतिशत रहेको सेयर संरचनालाई परिवर्तन गरी संस्थापक हिस्सा ५१ प्रतिशत र सर्वसाधारण हिस्सा ४९ प्रतिशत बनाउन लागेको हो।

सभा प्रयोजनार्थ इन्स्योरेन्सले ९-१६ पुससम्म बुक क्लोज गर्नेछ। यसर्थ, ८ पुससम्म नेप्सेमा कायम रहने सेयरधनीले सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]