Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्राइम लाइफ इन्स्योरेन्सको चौधौंं वार्षिक साधारणसभा सम्पन्न

२०७८ मंसिर २२ गते


बैंकिङ खबर/ प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौधौंं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि आवश्यक स्वास्थ्य सम्बन्धित सावधानी अपनाई भौतिक तथा जुममार्फत सभामा भाग लिनसक्ने व्यवस्था मिलाइएकोमा शेयरधनीहरुको भौतिक तथा जुममार्फत समेत उल्लेख्य रुपमा उपस्थिती रहेको थियो ।

उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७६-०७७ को वित्तीय विवरणहरु पारित गरि सो आर्थिक बर्ष सम्मको मूनाफाबाट हाल कायम चूक्ता पुँजी रु. २, ४१, ७०, ५७, ०२३ कोे १५ प्रतिशत खुदका दरले शेयरधनीहरुलाई बोनश शेयर र सो बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ८७ प्रतिशतले हूने रकम समेतको व्यवस्थागरी बोनश शेयरवितरण गर्ने लगायतकाप्रस्तावहरु पारित गरेको छ ।
उल्लेखित बोनश शेयर वितरण प्रक्रिया पुरा गरे पश्चातकम्पनीको चूक्ता पुँजी २, ७७, ९६, १५, ५७६ हुनेछ ।

साथै साधारण सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सातजना सञ्चालकहरुको समेत नियुक्ति-मनोनयन गरेको छ । यस कम्पनीले देशभरमा १५० भन्दा बढी स्थानहरुबाट जीवनबीमा सेवा उपलब्ध गराई आएको र आगामी वर्ष थप स्थानहरुबाट समेत सेवा दिने जनाएको छ ।

कम्पनीको हालसम्मको वित्तीय अवस्था, कम्पनीले जीवन बीमा क्षेत्रमा गरेको उपलब्धी र आगामी वर्षहरुमा शेयरधनीहरुलाई उचित प्रतिफल दिन कम्पनीको व्यवस्थापन लागी रहेको सम्बन्धमा समेत शेयरधनीहरुलाई जानकारी गराइएको छ ।