Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

पुनर्बीमा कम्पनीलाई राष्ट्र बैंकले दियो लाभांश वितरण गर्ने अनुमति

२०७८ मंसिर २२ गते

बैंकिङ खबर।

नेपाल राष्ट्र बैंकले नेपाल पुनर्बीमा कम्पनीलाई लाभांश वितरण गर्न अनुमति दिएको छ। कम्पनीले लगानीकर्तालाई लाभांश वितरण गर्न नियामक निकाय बीमा समिति र अर्थ मन्त्रालयबाट अनुमति पाएको हो।

अब कम्पनीको वार्षिक साधारणसभामा लाभांश अनुमोदनका लागि पेस हुनेछ। सभाले पारित गरेपछि शेयरधनीले सो लाभांश प्राप्त गर्न सक्नेछन्।

नेपाल पुनर्बीमा कम्पनीले १६ दशमलव ५० प्रतिशत बोनस र करसमेत गरी दुई दशमलव ५० प्रतिशत नगद लाभांश दिन लागेको छ।