Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

रिलायन्स लाइफको लाभांशलाई बीमा समितिद्वारा स्वीकृत प्रदान

२०७८ मंसिर १९ गते

 बैंकिङ खबर।

रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांशलाई बीमा समितिले स्वीकृत गरेको छ।

बीमा समितिले १६ मंसिरमा कम्पनीलाई पाँच दशमलव २६३ प्रतिशत अर्थात् ११ करोड पाँच लाख २७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न अनुमति दिएको हो।

१८ असोजमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रतिशेयर पाँच रुपैयाँ २६३ रुपैयाँको दरले ११ करोड ५ लाख २७ हजार २०० रुपैयाँ नगद लाभांश वितरण गर्न निर्णय गरेको थियो।

उक्त लाभांश पारित गर्न ११ पुसमा वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीले प्राप्त गर्न सक्नेछन्।