Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

रिलायन्स लाइफले ११ पुसमा बोलायो साधारण सभा

२०७८ मंसिर १९ गते

 बैंकिङ खबर।

रिलायन्स लाइफ इन्स्याेरेन्सले ११ पुसमा साधारणसभा बोलाएको छ। कम्पनीले लाभांश प्रस्ताव पारित गर्न अनमोल बैंक्वेट शंखमुल काठमाडौंमा बिहान ११ बजेका लागि आर्थिक वर्ष २०७६/०७७ को साधारणसभा आह्वान गरेको हो।

सभामा कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको पाँच दशमलव २६ प्रतिशत (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ। सभामा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ।

साधारणसभा र लाभांश प्रयोजनको लागि कम्पनीले २६ मंसिरमा बुक क्लोज गर्दैछ। यसअनुसार, २५ मंसिरसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।